मुख्यमन्त्रीको कार्यालय अगाडि अनेरास्ववियूको प्रर्दशन





धनगढी, २५ असार- धनगढीमा नेकपा एमाले निकट अनेरास्ववियूले ताजा जनादेशको पक्षमा जनमत सिर्जना गरौं भन्दै प्रर्दशन गरेको छ । धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको मुख्य गेट अगाडि अनेरास्ववियूले विभिन्न नारा लेखिएका प्लेकार्डसहित प्रर्दशन गरेको हो ।


प्रर्दशनमा सहभागी विद्यार्थीहरुले बहुदलीय लोकतान्त्रिक प्रणालीमाथिको आक्रमण स्वीकार्य छैन, संवैधानिक सर्वोच्चता कायम गर, सांसदलाई दल विहीन करार गरेर बहुदलीय व्यवस्था जोगिन सक्दैन्, विद्यार्थी र शिक्षकलाई खोप दिई परीक्षा र शैक्षिक सत्र सुरु गर जस्ता नारा लेखिएका प्ले कार्ड बोकेका थिए ।



