अन्तरजातीय विवा जंगलबाट २१ दिनमा घर आए, युवतीका आफन्तले खोसेर लगे

Dadeldhura hospital

धनगढी, २५ असार- कैलालीमा अन्तरजातीय विवाह गरेर जङ्गलमा बसेको जोडी घर पुग्ने बितिक्कै युवतीलाई उनका आफन्तले आफुमातहत लिएका छन् । अन्तरजातीय विवाह गरेका कैलालीको भजनी नगरपालिका ७ का प्रकाश विश्वकर्मा र मालती रावल २१ दिन पछि जङ्गलबाट घर पुगेका थिए ।

घर पुगेका उनीहरूमाथि युवतीका आफन्तले आक्रमण गरेको भजनी नगरपालिकाकी उप–प्रमुख छायादेवी देवकोटाले बताइन् ।युवतीका आफन्तले जबरजस्ती मालतीलाई लगेको उनले बताइन् । उपहप्रमुख देवकोटाले भनिन्, ‘उनीहरु जङ्गलबाट घर आएपछि युवतीका आफन्तले आक्रमण गरेको खबर पाएँ । अहिले युवतीका आफन्तले युवतीलाई लगेका छन् । युवक भने आफ्नै बुबासँग छन् ।

ती जोडीले सामाजिक सञ्जाल मार्फत आफुहरुलाई ज्यान मार्ने धम्कि आएकाले जङ्गलमा लुक्न बाध्य भएको जानकारी दिएका थिए ।प्रहरीले युवकलाई प्रहरी कार्यालय बोलाएको छ । इलाका प्रहरी कार्यालय भजनीले घटनाबारे जानकारी लिन युवकलाई बोलाएको हो ।

Loading...