कञ्चनपुरमा मेडिकल सञ्चालक पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा एक जना मेडिकल सञ्चालक पक्राउ परेका छन् । कञ्चनपुरमा अवैध रुपमा मेडिकल सञ्चालन गरिरहेका कृष्णपुर नगरपालिका वडा नं.२ बंकमा रहेको कञ्चन क्लिनिक एण्ड फार्मेसीका सञ्चालक सोहि पालिकाको वडा नं.१ का देव सिंह धामी पक्राउ परेका हुन् ।

Bhancha ghar0

उक्त क्लिनिक एण्ड फार्मेसीमा चेकजाँचको क्रममा औषधी व्यवस्था विभागको ईजाजत पत्रविना सञ्चालनमा रहेकोपाइएको थियो । जोखिमयुक्त औषधीहरू ६ थान बोरा सहित धामीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए । धामी भीमदत्त नगरपालिका वडा नं.१२ पक्कीपुल बाट पक्राउ परेका हुन् ।

शुक्लाफाँटा र कृष्णपुर नगरपालिका अन्तर्गतका झलारी, वाणी, वंक र कलुवापुरमा रहेका मेडिकलहरू अनाधिकृत रुपमा सञ्चालन भएका भन्दै प्रहरी कार्यालयमा जनगुनासो आएका थिए । शुक्रवार इलाका प्रहरी कार्यालय झलारीले उक्त क्षेत्रमा रहेका नौ वटा मेडिकलहरु चेकजाँच गरेको थियो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको जनाएको छ ।

Loading...