कञ्चनपुरमा लक्ष्यको २० प्रतिशतमात्रै धान खरिद

कञ्चनपुर- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले लक्ष्यको २० प्रतिशत मात्रै धान खरिद गर्न सकेको छ । संस्थानले किसानबाट यस वर्ष १५ हजार क्विन्टल धान खरिदको लक्ष्य लिएको भए पनि २ हजार ९क सय ५१ क्विन्टलमात्रै खरिद गर्न सकेको हो । गत वर्ष पनि खाद्य संस्थानले किसानबाट लक्ष्य अनुसारको धान खरिद गर्न सकेको थिएन ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरका सूचना अधिकारी तपेन्द्र उपाध्यायले यस वर्ष लक्ष्यको २० प्रतिशतमात्रै धान खरिद गर्न सकिएको जानकारी दिए । “हामीले यस वर्ष किसानबाट १५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएका थियौँ”, उपाध्यायले भने, “समयमै धानको समर्थन मूल्य तोकेर खरिद सुरु गरे पनि लक्ष्य अनुसार धान खरिद गर्न सकिएन ।”
उनले सरकारले समर्थन मूल्य तोकेर किसानको धान खरिद गर्न सुरु गर्ने बित्तिकै बजारमा धानको मूल्य वृद्धि भएकाले किसान धान बेच्न खाद्यमा नआएको बताए । “बजारमा धानको मूल्य वृद्धि भएपछि किसान धान बिक्री गर्न यहाँ आएनन्”, उनले भने, “गत वर्ष पनि हामीले लक्ष्य अनुसार धान खरिद गर्न सकेका थिएनौँ ।”

Navadurga sun

गत वर्ष खाद्य संस्थानले किसानबाट १४ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा ३ हजार क्विन्टलमात्रै खरिद गर्न सकेको थियो । यता किसान भने खाद्य संस्थानमा धान खरिद गर्न प्रक्रियागत झन्झटका कारण बजारमा धान बिक्री गरेको बताउँछन् ।

“हामीले आफ्नै धान खरिद गर्नसमेत शुल्क तिर्नु पर्ने भयो”, यहाँका किसान खुसी रानाले भने, “धान बिक्री गर्न वडा कार्यालय गएर सिफारिस बनाउनु पर्‍यो, त्यसको ५ सय सम्म सिफारिसको शुल्क तिर्नु पर्छ ।” उनले सरकारले किसानका लागि सजिलो हुनेगरी धान खरिद गर्ने व्यवस्था नमिलाएको बताए ।

सरकारले तोकेको मूल्य भन्दा बजारमा राम्रो मूल्य पाएपछि खाद्यलाई धान बिक्री नगरेको अर्का किसान लालसिंह डगौरा बताउँछन् । “खाद्यलाई धान बिक्री गर्न सिफारिस बनाउनमै ५/७ सय रुपैयाँ खर्च हुने, त्यो झन्झट भन्दा बजारमा बिक्री गरेका हाँै”, उनले भने ।

उनले सरकारले जहिल्यै ढिलोगरी धान खरिद गर्ने भएकाले किसान मर्कामा पर्ने गरेको बताए । सरकारले समयमै धान खरिद गरे किसानले उचित मूल्य पाउने किसान गणेश भट्टले बताए । “सरकारले ढिलो गरेको फाइदा व्यापारीले उठाउँछन् किसान समस्यामा छन् भन्ने थाहा हुन्छ र सस्तोमा खरिद गर्छन”, भट्टले भने, “सरकारले समयमै धान खरिद गरेमात्रै किसानलाई न्याय हुन्छ ।” कञ्चनपुरमा करिब ५० हजार हेक्टरमा धानखेती गरिन्छ । कञ्चनपुरमा धानको उत्पादकत्व प्रतिहेक्टर चार मेट्रिक टन रहेको छ । रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...