अखिल (क्रान्तिकारी) द्वारा शैक्षिक क्षेत्रका विकृति विसंगति विरुद्ध अत्तरियामा प्रदर्शन




अत्तरिया, २५ असार- अखिल (क्रान्तिकारी) कैलालीले शैक्षिक विकृति विसंगतिका विरुद्ध अत्तरियामा प्रदर्शन गरेको छ ।



कार्यक्रमलाई अखिल (क्रान्तिकारी ) का केन्द्रिय सदस्य बबरजङ सिहले सम्बोधन गरे । उतले सरकारले देशमा विभेदकारी शिक्षा निति लाई तत्काल हटाउनुपर्ने, शिक्षा सबैको सहज पहुँचमा हुनुपर्ने, धनी गरिब छुट्ट्याउने बर्ग विभेदकारी शिक्षा तत्काल खारेज गर्नुपर्ने विषयमा जोड दिए ।


यस्तै निजि शैक्षिक संस्थाले गरेको मनपरि शुल्क वृद्धि तत्काल फिर्ता लिनुपर्ने, शिक्षा माथिको कर हटाउनुपर्ने, स्थगित भएका सबै परीक्षाहरु स्वास्थ मापदण्ड अप्नाई सुचारु गर्नुपर्ने, शिक्षक र विद्यार्थी लाई कोरोना को खोप को तत्काल व्यवस्था गरि शैक्षिकसत्र सुचारु गर्नुपर्ने, साथै सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्य वृद्धि तत्काल फिर्ता लिनुपर्ने र महिला हिंसाको घटनामा संलग्न दोषीलाई कानुनी दायरा भित्र ल्याउनुपर्ने बिषयमा जोड दिएका थिए ।



