महोत्सवमा फेला परेका नक्कली टिकट ठेली प्रकरणको छानविन गर्न दबाब दिन सघर्ष समिति गठन

अत्तरिया– कैलालीको अत्तरिया आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा फेला परेका नक्कली टिकट ठेली प्रकरणको छानविन गर्न दबाब दिन सघर्ष समिति गठन गरिएको छ। शुक्रबार अत्तरियाका व्यवसायीहरुको भेलाले गणेश बलायरको संयोजकतत्वमा संघर्ष समिति गठन गरेको हो।

Dadeldhura hospital

समितिको सह–संयोजकमा नैनसिह कार्की र सचिवमा धनादेवी चोखाल रहेका छन्। समितिमा २० जना सदस्य छन्। भेलाले वीर बहादुर चोखालको संयोजकत्वमा सल्लाहकार समिति समेत गठन गरेको छ।

Navadurga sun
Godawari sandesh

सल्लाहकार समितिमा धर्मसिंह कुँवर, सन्तोष सिह, टीकाराम आचार्य र गणेश महरा रहेका छन्। अत्तरियामा पुस २६ देखि माघ ७ गते सम्म सञ्चालित प्रादेशिक महोत्सवमा माघ ४ गते २८ वटा नक्कली टिकट ठेली फेला परेकाे थियाे ।

Loading...