सुदूरपश्चिममा लागु औषध व्यापार : निषेधाज्ञाको २ महिनामा मात्रै १११ जना पक्राउ

अत्तरिया, २५ असार- दोस्रो लहरको कोरोना भाइरसले विकराल रूप लिएपछि वैशाख १६ गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्‍यो । निषेधाज्ञा जारी रहेकै बेला सुदूरपश्चिम प्रदेशभित्र लागु औषध कारोबार भने तेब्बरले बढेको पाइएको छ । खुला सिमानाका कारण यस प्रकारको कारोबार नियन्त्रण गर्न निकै चुनौती भइरहेको प्रहरी अधिकारीहरूले बताएका हुन् ।

सुदूरपश्चिम प्रदेशभित्र निषेधाज्ञाको अवधिमा मात्र लागु औषध कारोबारमा संलग्न १११ जनालाई प्रहरीले पक्राउ गरेको छ भने ७१ मुद्दा दायर भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भरत चौधरीले केटिएम बताए । ‘निषेधाज्ञाको अवधिमा यस्ता कारोबारीको सङ्ख्या तेब्बरले बढेको पाइयो’ उनले भने, ‘खुला सिमानाका कारण नियन्त्रणमा कठिन हुने गरेको छ ।’

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

कैलालीमा मात्र निषेधाज्ञाको दुई महिनाको अवधिमा लागु औषध कारोबारमा संलग्न रहेको भन्दै प्रहरीले ३२ जनालाई पक्राउ गरी १९ वटा मुद्दासमेत दायर गरिएको छ ।

९२ ग्राम २६ मिनी ग्राम ब्राउन सुगर, ट्याब्लेट नाइट्रोभेट ७८४,ट्याब्लेट स्पास्मोप्रक्सोभिन ११२ र ५ किलो गाँजा चरेस पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै कञ्चनपुरमा पनि निषेधाज्ञाको दुई महिनाको अवधिमा लागु औषध कारोबारमा संलग्न ९५ जना लाई नियन्त्रणमा लिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

दुई महिनाको अवधिमा लागु औषध सम्बन्धी ६० वटा मुद्दा समेत दायर गरिएको छ । लागु औषधको कारोबार निषेधाज्ञामा समेत बढेको पाइएको प्रहरी अधिकारीहरूले बताएका छन् ।

Loading...