नक्कली ठेली प्रकरण : अत्तरिया उद्योग बाणिज्य संघको कार्यसमितिले मन्दिरमा गएर खाए कसम

अत्तरिया- कैलालीको अत्तरियामा केही दिन अघि सप्पन्न सुदूरपश्चिम प्रादेशिक महोत्सवको नक्कली टिकट ठेली प्रकरणमा प्रहरीले आन्तरिक छानबिन शुरु गरेको छ ।

महोत्सवमा नक्कली ठेलीको प्रयोग गरेर संस्थाको आन्तरिक आयमा क्षति पुर्याएको भन्दै संघले जिल्ला प्रशासन कार्यालय कैलालीमा उजुरी दिएको छ। कैलाली प्रशासनले प्रहरीलाई छानबिन गर्न निर्देशन दिइसकेको छ ।

Navadurga sun

संघले पनि नियन्त्रणमा लिएका नक्कली ठेली साबधानी पुर्बक प्रहरीलाई बुझाएको छ । संघले महोत्सवमा टिकट काटने जिम्मा अत्तरिया कै दुर्गालक्ष्मी बहुमुखी क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियन स्वबियुलाई दिएको थियो ।

महोत्सव को अन्तिम समयमा संघकै पदाधिकारीले नक्कली ठेली बरामद गरेपछि घट्ना बाहिरिएको हो । अब छानबिन कसरी हुन्छ भन्ने मा सबै ब्यापारीहरुको ध्यान केन्दृत भएको छ ।

बजारका ब्यापारीहरुले निष्पक्ष छानबिनको माग गर्दै निरन्तर दबाब दिइरहेका छन् । उनिहरुले बिहीवार पनि अनौपचारिक भेला गरेर अगाडि कसरी बढने भन्ने बिषयमा छलफल गरेका छन् ।

कहाँ छापियो नक्कली टिकट ?

संघले महोत्सवको टिकट काठमाडौमा छपाई गरेको थियो । छपाईको जिम्मा पाएका संघका सदस्य बम बहादुर बोगटीले चलाकीपुर्ण टेक्निक प्रयोग गरेर छपाई गरेका थिए । जसको कारण सक्कली र नक्कली टिकट सजिलै पहिचान गर्न आयोजकलाई सजिलो भएको बुझिएको छ ।

नक्कली टिकटको दबाब बढेपछि संघका सबै पदाधिकारी र सदस्यहरुले एक मन्दिरमा गएर कसम समेत खाएका छन् । नक्कली टिकटको छापाईमा संघ भित्र कै केही ब्यक्तिको मिलोमतो हुन सक्ने आम ब्यवसायीको बुझाई रहेको छ । संघको नेतृत्वमा अधिकांस काँग्रेस समर्थक ब्यबसायीहरु रहेका छन् । यो प्रकरणमा निश्पक्ष छानबिन हुनुपर्ने र दोषीलाई कार्बाही हुनुपर्नेमा कांग्रेस भित्र बलियो जनमत रहेको छ ।

कांग्रेस कैलालीको प्रबक्ता एबम गोदावरी काँग्रेसका युबा नेता प्रेमराज भट्टले सामाजिक सन्जालमा एक पोस्ट गर्दै भनेका छन् ,“अत्तरिया उद्योग बाणिज्य संघले अत्तरियामा संचालन गरेको महोत्सवमा नक्कली ठेलिको जुन मुद्दा बाहिर आयो तेस्मा निस्पक्ष छानबिन होस भनेर केही बोलेनौ । अब ढिलो नगरी यथासिघ्र निस्पक्ष छानबिन गरि दोसिलाई सार्बजनिक गर्न अनुरोध गर्दछु । अत्तरिया उद्योग बाणिज्य संघको नेतृत्वमा कांग्रेस निकट व्यापारीहरु पनि भयको हुनाले यस्ता गतिविधिले पार्टीमा पनि असर पर्ने भयको हुदा अन्तमा पार्टीले नै यक्सन लिन बाध्यहुने जानकारी गराउन चाहान्छौ ।” यस्तै सामाजिक सन्जाल मार्फत नै यस क्षेत्रका व्यावसायिहरुले निष्पक्ष छानबिनको माग गर्दै दबाब बढाईरहेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...