कञ्चनपुरमा लागूऔषध सहित तीन युवक पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा लागूऔषध सहित तीन युवक पक्राउ परेका छन् । बेलौरी नगरपालिका वडा नं.१० सडकघाटबाट ७ सय ७० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित सोही ठाउँका २६ वर्षीय प्रशान्त चौधरी बुधवार राति पक्राउ परेका हुन् । प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित चौधरीलाई फेला पारी पक्राउ गरेको हो ।

Dadeldhura hospital

यस्तै भीमदत्त नगरपालिका वडा नं.१० गडडाचौकी स्थित व्यारेलबाट ०.८३ ग्राम लागूऔषध सहित भीमदत्त नगरपालिका वडा नं.३ बस्ने २८ वर्षीय दिवस कुँवर र भीमदत्त नगरपालिका वडा नं.१ का २८ वर्षीय प्रेमराज जोशी पनि बुधवार राति पक्राउ परेका छन् ।

Navadurga sun
Godawari sandesh

ईलाका प्रहरीकार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित फेला पारी दुबै जनाहरुलाई पक्राउ गरेको हो । पक्राउ परका तीनै जना माथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Loading...