धनगढीबाट एक लाख बढीका सामान बरामद

धनगढी- कैलालीको धनगढीबाट एक लाख बढीका सामान बरामद गरिएको छ । धनगढीको दुई स्थानबाट १ लाख २३ हजार २ सय बराबरको सामान बुधवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो ।

Bhancha ghar0

धनगढी उपमहानगरपालिका वडा नं.२ मिलनचोकबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ९४ हजार ४ सय मूल्य बराबरको चिनी, प्याज, साडी, लेहेंगा, धोती, सुईटर, जेनरेटरका बिभिन्न पार्टपुर्जा लगायतका सामान बरामद गरिएको हो ।

यस्तै धनगढी उपमहानगरपालिका वडा नं.३ ट्राफिक चोक र ब्यारेल अगाडीबाट २८ हजार ८ सय बारबरका चिनी, प्याज, खुर्सानी, केराउ नरिवल, साईकलको ट्युव लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।

Loading...