महोत्सवमा भेटिएका नक्कली टिकट ठेली प्रहरीलाई बुझाइयो

अत्तरिया- कैलालीको अत्तरिया आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएका नक्कली टिकट ठेली प्रहरीलाई बुझाइएको छ । अत्तरिया उद्योग वाणिज्य संघले नक्कली भेटिएका टिकट ठेली इलाका प्रहरी कार्यालय मालाखेतीलाई बुझाएको संघका अध्यक्ष कल्याणसिंह बोहराले बताए ।

Bhancha ghar0

उनले २८ वटा नक्कली टिकट ठेली भेटिएकोमा एक टिकट ठेली जिल्ला प्रशासन कार्यालय कैलालीमा बुझाइएको र बाँकी २७ ठेली मालाखेती प्रहरीलाई बुझाएको बताएख । प्रहरीलाई बुझाइएका सबै टिकट ठेली दुवै पक्षको रहोबरमा सिल गरेर प्रहरी कार्यालयमा राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीले नक्कली टिकट ठेली प्रकरणको छानविन गर्न प्रहरीलाई निर्देशन दिएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले मंगलबार नै अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलालीलाई पत्र पठाइएको बताए ।

Loading...