
बैतडी– बैतडीको डिलासैनी गाउँपालिकामा आगलागी हुँदा एक लाख पचास हजार बराबरको खर जलेर नष्ट भएको छ। डिलासैनी गाउँपालिका वार्ड नं ४ मा माघ ९ गते बेलुका ६ बजे लागेको आगो नियन्त्रणमा नआउँदा स्थानीय लोकेन्द्र कार्की र वसन्त बिष्टका १५ लुटा लुटा गाज्यो(खर) चलेर नष्ट भएको हो।



अहिलेसम्म आग लागेको कारण भने खुल्न सकेको छैन। बालबच्चाले आगो चलाएर लाग्यो या कसैले नियोजित रुपमा लगायो त्यो भने खुल्न नसकेको स्थानीय भुवन बिष्टले बताए।




