नेकपा माओवादी केन्द्र निर्वाचन क्षेत्र नं. ४ को बिषेश भेला सम्पन्न

अत्तरिया- नेकपा माओवादी केन्द्र निर्वाचन क्षेत्र नं. ४ को बिषेश भेला सम्पन्न भएको छ । कैलालीको अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको हलमा मंगलबार सम्पन्न भएको हो ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य कृष्ण कुमार चौधरी प्रमुख अतिथि रहेका थिए । बिशिष्ट अतिथि माओवादी केन्द्रका केन्द्रिय सदस्य लछी राम आचार्य थिए ।

Navadurga sun

कार्यक्रममा प्रमुख अतिथि कृष्ण कुमार चौधरीले गलत नेतृत्व र कार्यकर्तालाइ कार्बाही गर्नु पर्ने गेटा मेडिकल कलेजलाइ सँचालन गर्नु पर्ने, तिनवटै सरकारहरु मिलेर बिकास गर्नु पर्ने र माओवादी केन्द्रलाइ जनस्तर सम्म पुर्याउन चलाएका अभियानहरुले मात्र नभएर अझै नयाँ अभियानहरु ल्याउनु पर्ने बताए । हामि सबैले बिबेक तथा इमान्दार भएर लाग्ने हो भने माओवादी केन्द्र फेरि राष्ट्रको पहिलो पार्टी बन्न सक्ने दाबी चौधरीले गरे ।

मन्तब्य दिदै केन्द्रिय सदस्य लछी राम आचार्यले निर्वाचन छेत्रमा पार्टीलाइ जनताको बीचमा पुर्‍याउन, जनमैत्री नेता र कार्यकर्ताहरु भएको पुष्टि गराउन पार्टी पर्ति परिचालन गर्ने कुरामा जोड दिए । माओवादी केन्द्रलाइ जनताले बिश्वास गरे पनि पहिलाको जस्तो आस्था नभइ घटेकाले पार्टीलाइ सुढिरिकरण र नेताहरुले रुपान्तरित हुनु पर्ने आत्म आलोचना गर्नुपर्ने र हामिहरु कहा नेर गल्ती गर्दै छौ भनि पत्ता लगाउनु पर्ने बताए ।

त्यस्तै कार्यक्रममा छेत्र नम्बर ४ का संयोजक बल बहादुर महता, प्रदेश सभा सदस्य मेघराज भट्ट, गौरीगंगा नगरपालिकाका मेयर तथा माओवादी केन्द्रका प्रदेश सदस्य देविदत्त कडेल, गोदावरी नगरपालिका इन्चार्ज मदन कठायत, माओवादी केन्द्रका लक्ष्मी भट्ट लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको संचालन तथा अध्यक्षता माओवादी केन्द्रका छेत्र नम्बर ४ का संयोजक बल बहादुर महताले गरेको कार्यक्रमको उद्घाटनमा १० बर्षे जनयुद्ध तथा अन्य सहिदहरु प्रति श्रद्धाञ्जली व्यक्त गर्दै सुरु भएको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...