कञ्चनपुरका सामुदायिक तथा संस्थागत विद्यालयमा जाडो विदा

Bhancha ghar0

कञ्चनपुर– कञ्चनपुरमा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा जाडो विदा दिइएको छ । जाडोका कारण विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भन्दै कञ्चनपुरका कृष्णपुर नगरपालिका,बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकाले विद्यालयहरुमा आइतबार एक सुचना जारी गर्दै थप जाडो विदा दिएका हुन् ।

उनीहरुले माघ ८ देखी १० गतेसम्म विदा दिएका हुन् । त्यस्तै प्याब्सन तथा एनप्याब्सनले समेत विद्यालयहरुमा ८ देखी १० गतेसम्म विदा दिएका हुन् ।मौसम प्रतिकुलताका कारण अत्यधिक चिसो बढ्न गई विद्यार्थीहरुको पठनपाठनमा असहजता र स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने भएकाले विद्यालयहरुमा बिदा दिइएको हो ।

Loading...