कैलालीको गेटामा सालनालसहितको मृत नवजात शिशु फेला





अत्तरिया, २४ असार- कैलालीको गेटामा सालनाल सहितको नवजात शिशुको शव फेला परेको छ । धनगढी-अत्तरिया ६ लेन सडकअन्तरगत गेटा नजिक नालीमा भर्खरै जन्मिएको शिशु मृत फेला परेको हो ।


भरखरै जन्मेको जस्तो देखिने शिशुको शव फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरीक्षक उमेश चन्दले बताएका छन । मृत अवस्थामा भेटिएको शिशु फाल्ने व्यक्तिको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ ।



