अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सव समापन

नक्कली टिकट ठेली प्रकरणको छानबिन गरिनुपर्छ : मेयर भट्ट

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका अत्तरियामा जारी प्रादेशिक महोत्सव समापन गरिएको छ । पुस २६ गते देखि शुरु भएको महोत्सव आईतबार आइतबार समापन गरिएको हो । आयोजक संस्था अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष कल्याण सिँ बोहराको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट रहेका थिए ।

समापन कार्यक्रमका प्रमुख अतिथि मेयर भट्टले महोत्सवमा देखिएको नक्कली टिकट ठेली प्रकरणको छानबिन गरिनुपर्ने बताए । टिकट प्रकरणको छानबिन गरी गल्ती अगाडि ल्याउनु पर्ने बताएका धारणा व्यक्त गरे ।

‘कुनै पनि सस्था विधि र विधानमा चल्छ । विधि र विधान भन्दा बाहिर गएर एकले अर्कालाई दोषारोपण गरेर हुँदैन । तपाईंहरू सबै जिम्मेवार हो । यदि गलती भएको छ भने यो गल्तीलाई अगाडि ल्याउनुहोस । यसको छानबिन हुनुपर्छ’ उनले भने ‘सबै कुराको पारदर्शिता हुन आवश्यक छ । मनोमानी ढंगले तपाईंहरू नहिड्नुहोस ।’

Malpot office dadeldhura

उनले नक्कली टिकट ठेली प्रकरणले अत्तरिया क्षेत्र पनि बदनाम हुने बताए । उनले भने ‘यसरी एकातिर संस्था बदनाम हुन्छ भने ठाउँ पनि बदनाम हुन्छ । त्यसैले सबै जिम्मेवार बन्न आवश्यक छ ।’

कार्यक्रममा संघका संस्थापक अध्यक्ष बसन्त रोकायाले महोत्सवको नक्कली ठेली प्रकरणको सत्यतथ्य बाहिर ल्याउनुपर्ने बताए । ‘नक्कली ठेली के हो ? सत्य तथ्य बाहिर ल्याउनुपर्दछ । यो कुराले म अत्यन्तै मर्माहत बनेको छु, दुखी भएको छ । कसैले धमिलो पानीमा माछा मार्न खोजेका हुन कि के हो ? यो कुरो कार्य समितिले बाहिर ल्याउनु पर्दछ । यदि सत्य कुरा बाहिर ल्याउन रोक्न छेक्न खोजियो भने दुःखद घटना हुने छ,’ रोकायाले भने ।

उनले २०७१ सालमा यस क्षेत्रमा ब्यबसायीको हक हितमा आवाज उठाउने उदेश्यले संघको स्थापना गरिएको बताए । उनले संघको भवन निर्माण अधुरो रहेकाले अब पूरा हुने विश्वास ब्यक्त गरे । यस अघिका बर्ष महोत्सव सञ्चालन गर्ने अवधि थपिदैैँ आएको थियो । यस पाली भने प्रतिकुल मौसम र टिकट ठेली विवादले गर्दा समय नथपिएको बुझिएको छ ।

सुदूरपश्चिम प्रादेशिक महोत्सव अत्तरियामा बाेल्नु हुँदै यस्तो भने नगर प्रमुख बिरेन्द्र भट्ट

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...