धनगढीको एक घरमा आगलागीबाट १० लाखको क्षति

Bhancha ghar0

धनगढी- धनगढीको एक घरमा आगलागी हुँदा दश लाखको क्षति भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ ‘ए’ गाउँका ३५ वर्षीय त्रिलोक सिंहको घरमा आगलागी भएकाले दश लाखको क्षति भएको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार सिंहको काठले बनेको तीन कोठे घरमा आगो लागेर अन्नपात, भाँडावर्तन, लता कपडा लगाएतका सामान जलेका हुन् । मानवीय तथा चौपायाको भने क्षति भएको छैन । स्थानीय, प्रहरी र दमकलको सहयोगमा आगो नियन्त्रण गरिएको थियो ।

Loading...