शनिबार अत्तरिया महोत्सवमा टिकट बाट १० लाख ४७ हजार बढी रकम उठ्यो

अत्तरिया- कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा शनिबार १० लाख ४७ हजार रकम टिकट बाफत उठेको छ । आयोजक अत्तरिया उद्योग बाणिज्य संघका कोषाध्यक्ष हेमराज भन्डारीले शनिबार टिकटबाट उक्त रकम जम्मा भएको जानकारी दिए ।

महोत्सवमा १३ हजार बढी दर्शकको सहभागीता रहेको संघले अनुमान गरेको छ । महोत्सवमा शुक्रबार र शनिबार आयोजक संस्थाले आफैं टिकट बितरण गरेको थियो ।

महोत्सवमा केही दिन यता नक्कली टिकट भेटिएपछि टिकट काटने जिम्मा दिएको संस्थालाई नदिएर संघ कार्य समितिका सदस्यहरु आफैंले टिकट काटेका हुन् । महोत्सवमा शनिबार चक्र बम, लाल बहादुर धामी अछामी बड्डो लगायतका कलाकारको प्रस्तुति रहेको थियो । महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो ।

Loading...