कञ्चनपुरमा हतियार सहित भारतीय एसएसबी प्रवेश

कञ्चनपुर- कञ्चनपुरमा हतियार सहित भारतीय एसएसबी प्रवेश गरेका छन् । कञ्चनपुरको बेलौरी स्थित नेपाली भूभागमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) हातहतियारसहित आएर सीमाङ्कन गर्ने प्रयास गरेको हो ।

Bhancha ghar0

एसएसबीले शनिबार बिहान बेलौरी नगरपालिका-१० भुडा स्थित हतियार सहित नेपाली भू-भागमा सिमाङ्कनको प्रयास गरेको हो । जानकारी बिना सीमा पिल्लर नम्बर ३३ आसपासको नेपाली भूभागमा एसएसबीले नेपालको भूमि नापिरहेको अवस्थामा देखेपछि सशस्त्र प्रहरी र स्थानीयले फिर्ता पठाएका थिए ।

सशस्त्र प्रहरीका अनुसार एसएसबीले हराएको सीमा पिल्लर खोजिरहेको बताएका थिए । तर यसबारे सशस्त्र प्रहरीलाई खबर थिएन । २०७६ तिर भारतीय तर्फबाट जारी भएको स्ट्रप नक्साले नेपाल तर्फको करिब एक हजार बिघा बढी जमिन, हुलाकी सडक, प्रयटकीय स्थल प्याराताल भारतमा देखाएको थियो ।

Loading...