कैलालीमा मोटरसाइकलको ठक्करबाट अटोमा सवार ५ जना घाइते

Malpot office dadeldhura

धनगढी- कैलालीमा मोटरसाइकलको ठक्करबाट अटोमा सवार ५ जना घाइते भएका छन् । कैलालीको घोडाघोडी नगरपालिका-४ भालुफाँटामा शुक्रवार साँझ पूर्वबाट पश्चिमतर्फ गइरहेको अटो रिक्सालाई पछाडीबाट मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

मोटरसाइकलले अटो रिक्सालाई ठक्कर दिँदा ५ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था सामान्य रहेको छ । घोडाघोडी नगरपालिका-१ का कृष्ण गिरीले चलाएको से ४ प ९४१० नम्बरको मोटरसाइकलले सोही नगरपालिका-५ का विमला ऐरले चलाएको सुदरपश्चिम प्रदेश ०१००१ ह ५६६९ नम्बरको अटोलाई पछाडिबाट ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...