सुदूरपश्चिममा निर्धारण गरेको भन्दा कम धान खरिद

धनगढी- सुदूरपश्चिम प्रदेशमा यस वर्ष लक्ष्य अनुसार धान खरिद हुन सकेको छैन । प्रदेश भरिबाट ७५ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड धनगढीले न्यून मात्रामा धान खरिद गरेको हो ।

Bhancha ghar0

यस वर्ष कैलालीमा ६० हजार क्विन्टल र कञ्चनपुरमा १५ हजार क्विन्टल गरी सुदूरपश्चिममा ७५ हजार क्विन्टल धान खरिद कोटा थियो । तर कैलालीबाट १८ हजार ७८७ र कञ्चनपुरबाट ३ हजार गरी जम्मा २१ हजार ७८७ क्विन्टलमात्रै धान खरिद भएको छ । सरकारले निर्धारण गरेको भन्दा धानको बजार मूल्य बढी भएपछि खाद्य, व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किसानबाट धान पाउन नसकेको हो ।

व्यापारीले बढी मूल्यमा खरिद गर्दा कम्पनीले खोलेको धान खरिद केन्द्रमा थोरै मात्रै किसानले बिक्रीका लागि धान ल्याएको कम्पनीका प्रमुख इन्जिला बस्नेतले बताए ।

सरकारले निर्धारण गरेको समर्थन मूल्य भन्दा बढीमा बजारमा धान खरिद बिक्री भएकाले किसानले खाद्यको खरिद केन्द्रमा धान नल्याएको उनको भनाइ छ । धान नआएपछि पुस मसान्त देखि खरिद केन्द्रबाट खरिद कार्य बन्द गरिएको छ । गत वर्ष सुदूरपश्चिममा ४० हजार क्विन्टल धान खरिदको कोटा रहेकोमा ३० हजार क्विन्टल धान खरिद गरिएको थियो ।

Loading...