महोत्सवमा भेटिएको नक्कली टिकटको बारेमा महोत्सव समापनपछी छानबिन गर्छौ : आयोजक

अत्तरिया– कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भेटिएको नक्कली टिकटको बारेमा महोत्सव समापनपछी छानबिन गर्ने बताईएको छ ।

Bhancha ghar0

संचारकर्मिसंग कुरा गर्दै आयोजक अत्तरिया उघाेग वाणिज्य संघका महासचिव शंकर खड्काले भोली महोत्सवको समापन पनि भएको हुँदा आफुहरु त्यसतर्फ केन्द्रित हुनुपर्ने भएकोले पर्सिबाट छानबिन गर्ने बताएका हुन् ।

महोत्सवमा गत बिहीबार महासचिव सहितको टोलीले अनुगमनका क्रममा २८ ठेली नक्कली टिकट बरामद गरेका थिए ।

बरामद गरिएको टिकट नक्कली नै भएको प्रमाणित भईसकेको महोत्सवका छापा संयोजक एवम् संघका कार्यसमिति सदस्य बम बहादुर बोगटीले बताएका छन् ।

Loading...