दार्चुलामा पहिरोमा परि ३ जनाको मृत्यु

दार्चुला, २४ असार– दार्चुलामा पहिरोले पुरिएर तीन जनाको मृत्यु भएको छ । बुधबार राती नौगाढ गाउँपालिका वडा नं. ३ खार नजिकैको चौखुट्टेमा अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा तिन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायब उपरीक्षक मनोहर भट्टले पहिरोले घर पुरिँदा स्थानीय ७२ वर्षीया गेउली ठगुन्ना र उनकी ३ महिनाकी नातिनी मन्जरी ठगुन्नाको मृत्यु भएको जानकारी दिए । यस्तै घट्ट जाने क्रममा आएको पहिरोमा परेर सोही ठाउँका २९ वर्षीय लक्ष्मण सितौलीको पनि मृत्यु भएको डिएपी भट्टले बताए । उनीहरु तीनै जनाको शव पहिरोबाट निकालिएको छ ।

godawari10 Mahila hinsa
Navadurga sun

पहिरोमा परेर नौगाढ गाउँपालिका वडा नं. ३ कै १८ वर्षीया हरमती ठगुन्ना सामान्य घाइते भएको उनले बताए । यस संगै नौगाढ गाउँपालिका वडा नं. मा रहेको ३२ किलोवाट क्षमताको खार खोला दोस्रो लघु जलविद्युत आयोजना पनि बाढीले बगाएको छ । अविरल वर्षापछि खोलामा आएको बाढीले जलविद्युत आयोजनाका सबै संरचना बगाएको डिएसपी भट्टले जानकारी दिए । स्थानीयको सहयोगमा अहिले उद्धारको काम चलिरहेको प्रहरीले जनाएको छ ।

Loading...