कञ्चनपुरबाट नगद सहित ५ जुवाडे पक्राउ

Malpot office dadeldhura

कञ्चनपुर- कञ्चनपुरबाट नगद सहित ५ जुवाडे पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-४ नम्बर १ गल्ली स्थित ओम नास्ता पसलमा जुवातास खेलिरहेको अबस्थामा बेदकोट नगरपालिका-९ बस्ने ३० वर्षीय गोपाल बहादुर भण्डारी सहित पाँच जना शुक्रवार साँझ पक्राउ परेका हुन् ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उक्त पसलमा चेकजाँच गर्दा उनिहरुलाई नगद ४४ हजार ९४ र १ गड्डी ताससहित पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...