कञ्चनपुरमा लागूऔषध सहित दुई जना पक्राउ

Malpot office dadeldhura

कञ्चनपुर- कञ्चनपुरमा लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । बेलडाँडी गाउँपालिका-१ झरना सागर टोलबाट ३ ग्राम २० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित जिल्ला पिलिभित टाटरगञ्ज भारत बस्ने २८ वर्षीय ईरफान अलिसमेत दुई जनालाई शुक्रवार साँझ प्रहरीले पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ । उनीहरुले प्रयोग गरेको भारतिय नम्बर प्लेटको मोटरसाईकल १ थानसहित दुबै जनालाई पक्राउ गरेको हो प्रहरीले बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...