


अत्तरिया- कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवको दसौं दिन चर्चित गायिका चक्र बम लगायत कलाकारहरूको प्रस्तुति रहने भएको छ । आजको कार्यक्रममा कलाकारहरू चक्र बम, अस्मीता पुरी, माया पाण्डे, रितु थपा, हेम अधिकारी, भिम बिष्ट र लाल बहादुर धामी आउने भएका छन् ।



त्यसैगरी स्थानीय कल्बहरूको समेत विशेष प्रस्तुति रहने छ । पुस २६ गते बाट सुरु भएको महोत्सव पुमा ७ गतेसम्म चल्ने छ ।


लामीताल परिसरमा जारी महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था, बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी मुख्य आकर्षणका रुपमा रहेका छन् । महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १०० रुपैयाँ टिकट तोकिएको छ भने अपाङ्गता भएका व्यक्तिलाई प्रवेश निःशुल्क रहेको छ ।





