टीकापुरमा हराएका बालक मृत अवस्थामा फेला

अत्तरिया– कैलालीको टीकापुर नगरपालिका–१ ब्लक नं. ८ बाट सोमबार बेपत्ता भएकाको बालक मृत अवस्थामा फेला परेका छन् । ६ बजे टिकापुर नगरपालिका ४ बागमारा स्थित जमरा कुलाको किनारमा फेला परेको शव हराएका बालकको रहेको प्रहरीले पुष्टि गरेको छ ।

स्थानीय दिलिप बिस्टका करिब ३ वर्षका छोरा विवेक सोमबार ११ बजे घर नजिकैबाट बेपत्ता भएका थिए । उनको केहि बेर अघि शव भेटिएको हो। पानीमा डुबेको अवस्थामा शव फेला परको छ।

Navadurga sun

उनले कानमा लगाएको सुन भेटिए पनि चादिको बाला फेला नपरेको इलाका प्रहरी कार्यालय टिकापुरका प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । घटनको छानबिन गर्न जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी निरीक्षक विश्व अधिकारी धनगढीबाट टिकापुर लागेका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...