कैलालीको बर्दगोरियामा पुलको उद्घाटन, कम्पनी सम्मानित

धनगढी– कैलालीको बर्दगोरिया गाउँपालिकामा पुलको उद्घाटन गरिएको छ। निर्माण सम्पन्न भएको पक्की पुलको बिहीवार गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरले उद्घाटन गरेका हुन्। सेती लोक मार्ग अन्तर्गत पर्ने काँडा खोलामा बनेको ८५ मिटर लामो पुल अनक कन्स्ट्रक्सनले निर्माण गरेको हो।

१२ करोड ४० लाख लागतको पुल २०८१ चैत्र १३ गते सम्पन्न गर्ने गरी २०७९ साल असार २९ गते अनक कन्स्ट्रक्सन काठमाण्डौले सम्झौता गरेको थियो। तर निर्माण कम्पनीले सम्झौता अवधि भन्दा १५ महिना अघि नै निर्माण सम्पन्न गरेको छ। उत्कृष्ट काम गरेको भन्दै गाउँ सरकारले उद्घाटन कार्यक्रम मार्फत निर्माण कम्पनीलाई सम्मान समेत गरेको छ।

Navadurga sun

यो पुल निर्माण भए सँगै बर्दगोरिया र मोहन्याल गाउँपालिका सँगै पहाडी जिल्लाका बासिन्दाहरूलाई समेत आवागमनमा सहज हुने भएको छ। सेती लोक मार्गको बर्दगोरिया क्षेत्रमा पर्ने काँडा खोलामा पुल निर्माण सम्पन्न भएको छ भने कुहिरा खोलामा पुल निर्माणको काम सुरु भएको छ। यस्तै सिसौरा खोलामा पुल निर्माणका लागी टेन्डर प्रक्रिया अघि बढेको जनाइएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...