आज अत्तरिया महोत्सवमा प्रिती आले लगायतका कलाकारको प्रस्तुती रहने

अत्तरिया- कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवको नवौं दिन चर्चित गायिका प्रिती आले लगायत कलाकारहरूको प्रस्तुति रहने भएको छ ।

Malpot office dadeldhura

आजको कार्यक्रममा कलाकारहरू प्रिती आले, रुविना अधिकारी, सुमन ताम्राकार, कृष्न र्‍याउले र मनिष खड्का आउने भएका छन् भने उद्घोषकको रुपमा हेमराज भट्ट रहने छन् । त्यसैगरी स्थानीय कल्बहरूको समेत विशेष प्रस्तुति रहने छ । पुस २६ गते बाट सुरु भएको महोत्सव पुमा ७ गतेसम्म चल्ने छ ।

लामीताल परिसरमा जारी महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था, बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी मुख्य आकर्षणका रुपमा रहेका छन् । महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १०० रुपैयाँ टिकट तोकिएको छ भने अपाङ्गता भएका व्यक्तिलाई प्रवेश निःशुल्क रहेको छ ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...