अत्तरियाको लामितालमा बाढीपूर्व खोज तथा उद्धार सम्बन्धी कृत्रिम अभ्यास

अत्तरिया, २३ असार- कैलालीको अत्तरियामा रहेको लामितालमा बाढीपूर्व खोज तथा उद्धार सम्बन्धी कृत्रिम अभ्यास सन्चालन गरिएको छ । जिल्लाको भवानीदल गण, कालिरक्षा गण (ई) तथा सशस्त्र प्रहरी बल नेपाल बैधनाथ बाहिनीका फौजले अत्तरियास्थित लामीतालमा उद्वार सम्बन्धी संयुक्त अभ्यास सञ्चालन गरिएको हो ।

Dadeldhura hospital

कैलालीको दक्षिणमा रहेका डुबानयुक्त्त क्षेत्रहरु टिकापुर नगरपालिका, भजनी नगरपालिका, जोशीपुर गाउँपालिकामा डुबानको समयमा गरिने खोज तथा उद्वारको कार्यलाई लक्षित गरेर अभ्यास गरेको भवानीदल गणका गणपति प्रमुख सेनानी विकास केसीले बताए । यही २१ साउन गतेदेखि सुरु गरिएको सो अभ्यास आज २३ गते सम्पन्न गरिएको छ । डुबान कार्यमा प्रयोग हुने ओबीएम तथा रबरको डुगाबाट गहिरो पानीमा डुबेकाहरुको उद्धार कसरी गर्ने भन्ने कुरामा विशेष जोड दिई उक्त अभ्यास गरिएको उनले बताए ।

Navadurga sun
Godawari sandesh

उक्त अभ्यासको पश्चिम कमाण्ड सेनापति उपरथी प्रेम शाहीले निरीक्षण गरेका थिए । उनले आफुले जिम्मेवारी पाएको क्षेत्रमा हुने विपद् व्यवस्थापन कार्यको लागि तयारी रहन सम्पूर्ण सुरक्षा संयन्त्रलाई निर्देशन समेत दिएका थिए ।

त्यस्तै नम्बर ५ बाहिनीका बाहिनीपति सहायक रथि नकुलबहादुर रायमाझीले विपद् व्यवस्थापन सम्बन्धी भएका प्रगति विवरण र तयारी समेतको जानकारी दिएको भवानीदल गणका गणपति प्रमुख सेनानी विकास केसीले जानकारी दिए ।

Loading...