कैलालीको गोदावरीबाट लागूऔषध सहित एक युवक पक्राउ

Dadeldhura hospital

अत्तरिया- कैलालीको गोदावरीबाट लागूऔषध सहित एक युवक पक्राउ परेका छन् । गोदावरी नगरपालिका-१ चैतनपुरबाट १ ग्राम ५०० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित गोदावरी नगरपालिका-२ का २४ वर्षीय प्रमोद चौधरी बुधवार पक्राउ परेका हुन् ।

Ganyapdhura gau

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले शंका लागि चौधरीलाई सोधपुछ गर्दा उनले चैतनपुर सामुदायिक वनमा लुकाई छिपाई राखेको अबस्थामा लागूऔषध फेला पारी पक्राउ गरेको बताएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरि रहेको छ ।

Couple
Loading...