अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाको नव निर्मित प्रशासनिक भवन नगरपालिकालाई हस्तान्तरण गरिएको छ । प्रशासकिय भवनलाई मंगलबार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ भने यहि माघ ४ गते बिधिवत रुपमा उद्घाटन गरिने नगरप्रमुख भट्टले जानकारी दिएका छन्। मंगलबार एक कार्यक्रमकाबीच सहरी विकास आयोजनाका इन्जिनीयर सौरभ कलौनीले नगरप्रमुख विरेन्द्र भट्टलाई हस्तान्तरण गरेका हुन् ।
एसियाली विकास बैंकको ऋण सहयोगमा संघले गोदावरीमा लागू गरेको क्षेत्रीय सहरी विकास आयोजनाको आर्थिक सहयोगबाट बनेको निर्मित भवनलाई नगर प्रमुख बिरेन्द्र भट्ट सँगै निर्वाचित पदाधिकारीहरुको उपस्थितिमा पालिकालाई प्रशासकिय भवन हस्तान्तरण गरेका छन ।
उक्त भवनको दुई दिनपछि (माघ ४ गते बिहान १० बजे) उद्घाटन गरिने नगरपालिकाको तयारी रहेको छ । भवन हस्तान्तरण कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
२०७६ साल मंसिर २० गते देखि सुरु भएको भवन निर्माणमा १३ करोड ४६ लाख १ हजार ४३ रुपैयाँ खर्च भएको आयोजना कार्यालयले जनाएको छ । भवन निर्माणको काम २०८० असोज २५ गते निर्माण सम्पन्न भएको थियो । भवनको माघ ४ गते उद्घाटन गरिने नगर प्रमुख भट्टले बताएका छन् ।
गोदावरी नगरपालिका भवन उद्घाटन विगत मिति २०७८ चैत १४ गतेमा तत्कालिन स्थानिय सरकारका नगर प्रमुख हरि सिंह साउँदको अन्तिम कार्यकालमा आफ्नै पालामा नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन भएको तर कार्य सम्पन्न नभएको कारण जनाउदै बर्तमान स्थानिय सरकारका नगर प्रमुख बिरेन्द्र भट्टको पालामा निर्माणको काम सकिएको जनाएको छ । तत्कालिन मेयर हरि सिंह साउदले उद्घाटनमा काम सम्पन्न न हुदै हतार गरी उद्घाटन गरेको भएको र अहिले आएर निर्माण सम्पन्न भएकोले प्रशासकिय भवनलाई मंगलबार एक कार्यक्रमका बिच हस्तान्तरण भएको छ ।
नेपाली कांग्रेसका बसन्त रोकायाले नगरपालिकाको लागी आज ऐतिहासिक क्षण भएको बताए । उनले नगरपालिका भवनको २०७८ साल चैत्र १४ गते उद्घाटन नभएर सिलान्यास भएको बताए । त्यस्तै माओवादी केन्द्रका मेघराज भट्टले जस्तो भबन निर्माण भएको छ त्यस्तै सेवा नगरपालिकाले दिनु पर्ने बताए ।