अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण

प्रकाशबहादुर बोहरा
अत्तरिया, २३ असार- अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण गरिएको छ । एक कार्यक्रमका विच “अपाङ्गता भएका व्यक्तिहरुलाई दया माया होईन अवसर चाहिन्छ” भन्ने मुल नाराका साथ बुधबार गोदावरी नगरपालिका ५ नं.वडा कार्यालय गेटा कैलालीको सहयोग र आयोजक अपाङ्ग यूवा सरोकार मञ्च कैलाली गोदावरी नगरपालिका वडा नं. २ अत्तरिया कैलालीको सहकार्यमा शारिरीक रुपमा अशक्तलाई हुईल चियर, दृष्टिबिहिनका लागि सेतोछडी र नगद सहित सहयोग गरिएको हो ।

गोदावरी नगरपालिका वडा नं.५ को कार्यालयमा भएको उक्त सहयोग कार्यक्रमको अपाङ्गता यूवा सरोकार मञ्च कैलालीका अध्यक्ष गगन बि.क.को सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथी गोदावरी नगरपालिका ५ नं.वडाका वडा अध्यक्ष कर्ण सिं बोहरा रहेका थिए भने विशिष्ठ अतिथीमा गोदावरी नगरपालिकाका नगर उप-प्रमुख रत्ना कडायत रहनु भएको थियो।

godawari10 Mahila hinsa
Navadurga sun

त्यसैगरी अतिथीहरुमा गोदावरी नगरपालिका वडा नं.१ का वडा सदस्य कृत बहादुर चन्द, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व केन्द्रिय सदस्य मान बहादुर साउँद, सु.प.समावेशी विद्यालयका शिक्षक रामलाल चौधरी लगायतको उपस्थिति रहेको थियो ।

Dadeldhura hospital

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा शारिरीक रुपमा अशक्त भएका दिनेश चौधरी, शुशान्त खत्री र इसान चन्दलाई हुइल चियर, शारिरीक रुपमै अशक्त भएका धन बहादुर चौधरीलाई बैशाखी, दृषिविहिन निर्मला चौधरीलाई सेतोछडी र आर्थिक अवस्था कमजोर भएका खडक लुहारलाई नगद ५ हजार रुपैया सहयोग स्वरुप संयुक्त रुपमा गोदावरी नगरपालिकाका नगर उप-प्रमुख रत्ना कडायत र गोदावरी नगरपालिका वडा नं.५ का वडा अध्यक्ष कर्ण सिं बोहराले वितरण गरेका थिए ।

उक्त सहयोग कार्यक्रममा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका पूर्व केन्द्रिय सदस्य मान बहादुर साउँदले गोदावरी नगरपालिका वडा नंं.५ ले अपाङ्गता भएका व्यक्तिहरुका लागि विनीयोजित बजेटबाट अपाङ्गता भएका व्यक्तीहरुलाई सहयोग गर्ने उद्देश्यले अपाङ्गता युवा सरोकार मञ्च कैलालीलाई बजेट बिनियोजन समेत गरिएकोले अशक्त रुपमा अपाङ्गता भएकाहरुलाई सहयोग गर्न पाइएको बताए ।

मन्तव्य दिने क्रममा आफुले प्राप्त गरेका सामाग्रीहरु सुरक्षित साथ राखि प्रयोगमा ल्याउन सके राम्रो हुने बताए । आर्थिक अवस्था कमजोर भएकालाई हुईल चियर वितरण गरेको समेत गोदावरी नगरपालिका वडा नं.५ का वडा अध्यक्ष कर्ण सि बोहराले जानकारी दिए ।

मन्तव्यकै क्रममा गोदावरी नगरपालिकाका नगर उप-प्रमुख रत्ना कडायतले केही मात्रामा भएपनि यस्तो किसिमको सहयोग गरिएकोमा धन्यवाद समेत व्यक्त गरेका छन् । यस्तो किसिमको अपाङ्गता भएका व्यक्तीलाई छनौटमा परी सामाग्री प्राप्त गरेकाहरुले उक्त सामाग्रीहरुलाई सुरक्षित राख्नु पर्ने बताइन् । आउदा दिनमा केही छुटेकालाई समाले गरेर लैजाने समेत बताइन । उक्त कार्यक्रमको संचालन कुस्मा जोशीले गरेकी थिइन ।

Loading...