आज  अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवमा दर्शक भरिभराउ

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सव आज सोमबार दर्शकले भरिभराउ भएको छ । महोत्सबमा आज अत्याधिक भिड थियो । माघी पर्वको पहिलो दिन महोत्सव हाउसफुल बनेको हो ।

Bhancha ghar0

आयोजक अत्तरिया उद्योग वाणीज्य संघका अध्यक्ष कल्याणसिं बोहराले सोमबार आज महोत्सवमा दर्शकको सहभागिता उल्लासमय रहेको बताए । गोदावरीधाममा माघी स्नानको समय पनि भएकाले त्यहा पुग्नेहरु महोत्सबमा सहभागी भएका हुन ।

महोत्सवमा आज धेरैपछि स्टेजमा फर्किएका सित्ताराम कट्टेल धुर्मुस र कुन्जना घिमिरे सुन्तलीको जोडीले आफ्नो प्रस्तुति राखेका थिए । यस्तै कलाकार टेक बोगटी, टेक बिसी, आस्मा भण्डारी र सौगात ओझाले पनि आ आफ्नो प्रस्तुती राखेका थिए ।

अत्तरियाको लामीताल परिसरमा जारी महोत्सवमा लामीतालमा डुङ्गामा रमाउनेहरुको सँख्या पनि उल्लेख्य नै रहेको थियो । महोत्सवमा बाल उद्यान, खानाका विभिन्न परिकारहरू, थारु सँस्कृति तथा परिकार सहितको थारु प्रदर्शनी पनि आज मुख्य आकर्षणका रुपमा बने ।

Loading...