गोदावरीधामा भक्तजनहरुको घुइँचो

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका ४ स्थित गोदावरीधाममा बाह्रराशी दर्शन मकर मेलाका लागि आउने श्रद्दालु भक्तजनहरुको घुइँचो लागेको छ ।

Bhancha ghar0

सुदूरपश्चिम को प्रख्यात मानीने धार्मिक क्षेत्र गोदावरीधाममा बाह्रराशी मकर मेलाका लागेकाले मन्दिरहरुमा पुजा आराधना गर्ने र नदीमा नुहाउने भक्तजनहरुको भिड लागेको हो ।

उक्त धाममा हिजो (आइतबार) देखि बाह्रराशी मकर मेलाको शुभारम्भ भएको हो । आइतबार सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशीले बाह्रराशी दर्शन मकर मेलाको उद्घाटन गरेका हुन् । गोदावरीधाममा सुदूरपश्चिमका बिभिन्न जिल्ला सहित भारतबाट भक्तजनहरु आउने गर्दछन ।

Loading...