अत्तरिया महोत्सवमा रचना रिमालसंगै झुमे दर्शक

अत्तरिया- कैलालीको अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवको चौथो दिन आज (आइतबार) चर्चित गायिका रचना रिमाल लगायतका कलाकारहरुले प्रस्तुती राखेका छन् ।

Bhancha ghar0

चर्चित गायिका रिमालले उनको पिरती पहिले हो की, मिनीरल वाटर, फोटो फिरिममा लगायत गितहरु पस्कीदा दर्शकले पुर्ण मनोरञ्जन लिई नाचेर साथ दिए । महोत्सवमा आइतबार (आज) नरेश योगी, धन बहादुर भण्डारी, सपना शाहि, मेगजन कडायत र कोपिला सिंह कडायतले पनि आफ्नो प्रस्तुती राखेका थिए ।

अत्तरिया उद्योग वाणिज्य संघ अत्तरियाको आयोजनामा पुष २६ गतेदेखी सुरु भएको थियो । महोत्सवका कला सँस्कृति संयोजक रमेश भट्राईका अनुसार महोत्सवमा भोली (सोमबार) सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको प्रस्तुती रहने भएको छ ।

माघ ७ गतेसम्म चल्ने महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था, बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी मुख्य आकर्षणका रुपमा रहेका छन् । महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १०० रुपैयाँ टिकट तोकिएको छ भने अपाङ्गता भएका व्यक्तिलाई प्रवेश निःशुल्क रहेको छ ।

Loading...