कैलालीको गोदावरी नगरपालिकाले १२ ओटै वडाबाट उत्कृष्ट मेलमिलापकर्तालाई सम्मानित

अत्तरिया, २२ असार- कैलालीको गोदावरी नगरपालिकाले उत्कृष्ट न्यायिक समिति सदस्य र मेलमिलापकर्ताहरुलाई नगद सहित सम्मान गरेको छ । नगरपालिकाको न्यायिक समितिले आज एक कार्यक्रमको आयोजना गरि न्यायिक समितिका उत्कृष्ट सदस्य र १२ ओटै वडाहरुमा रहेका मेलमिलापकर्ताका संयोजकहरुलाई नगद सहित सम्मान गरेको हो ।

Dadeldhura hospital

उत्कृष्ट न्यायिक समिति सदस्य तथा मेलमिलापकर्ता मुल्याङ्कन प्रोत्साहन कार्यक्रम मार्फत गोदावरी नगरपालिकाका नगरप्रमुख हरी सिह साउँद, उपप्रमुख रत्ना कडायत, प्रमुख प्रशासकीय अधिकृत देवराज जोशीले प्रत्येक वडाका एक/एक जना गरी १२ जना मेलमिलापकर्ताका संयोजक, लामो समयदेखी मेलमिलापकर्ताको रुपमा काम गर्दै आएका २ जना र एक जना न्यायिक समिति सदस्य गरी १५ जनालाई नगद रु १२ सय र दोसल्ला ओडाएर कदर पत्र सहित सम्मानित गरेका हुन् । कार्यक्रममा बोल्दै नगरप्रमुख साउँदले गोदावरी नगरपालिको न्यायिक समितीले न्याय सम्पादनमा महत्वपूणर् काम गरेको बताए ।

Navadurga sun
Godawari sandesh

त्यसैगरी उक्त कार्यक्रममा बोल्दै नगरपालिकाकी उपप्रमुख एवम न्यायिक समिति संयोजक कडायतले न्याय सम्पादनमा महत्वपूणर् काम गरिरहेको वडाका मेलमिलापकर्ता संयोजकहरुलाई प्रोत्साहन गर्नका लागि सानो भएपनि नगद सहित सम्मानित गरिएको बताइन् ।

Loading...