सुदूरपश्चिममा कांग्रेस महाअधिवेशन : सुदूरपश्चिमका कुन जिल्लामा को–को छन् सभापतिका दाबेदार ?

धनगढी, २२ असार– नेपाली कांग्रेसको आसन्न महाधिवेशनको मिति नजिकिँदै गएसँगै सुदूरपश्चिम प्रदेशका सबै जिल्लाहरूमा पार्टी नेतृत्व लिनका लागि नेताहरूको दौडधुप सुरु भएको छ । साउन २६ मा नेपाली काँग्रेसको जिल्ला अधिवेशन हुँदैछ।

सुदूरपश्चिम प्रदेशमा पनि जिल्ला सभापतिका आकांक्षीहरूले दाबी प्रस्तुत गर्न थालेका छन्। १३ औं महाधिवेशनमा भने प्रदेशका ९ जिल्लामध्ये ६ जिल्लाका सभापतिमा शेरबहादुर देउवा निकट नेताहरू निर्वाचित भएका थिए। प्रदेश राजधानी रहेको जिल्ला कैलालीमा पार्टी नेतृत्व लिनका लागि नेताको दौडधुप व्यापक छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कैलालीमा जिल्ला सभापतिका आकांक्षी धेरै देखिएका छन्। जनसङ्ख्याका दृष्टिले प्रदेशमा सबैभन्दा ठूलो र प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र भएको कैलालीमा सभापति नरनारायण शाह (मनु) ले दुई कार्यकाल पार्टी सभापति भइसकेकाले नयाँ सभापति आउने पक्का छ। सभापतिका लागि प्रकाश बम, नारायणदत्त भट्ट, भीम बडुवाल, खेमराज चौधरी, कमल शाह, डा‍.रणबहादुर रावल, दिनेशराज जोशी, गणेश देउवा लगायतको नाम चर्चामा छ। कञ्चनपुरमा पनि जिल्ला सभापतिको रस्साकस्सी सुरु भइसकेको छ।

जिल्लामा वर्तमान सभापति हरि बोहोरा, गत अधिवेशनमा बोहोरासँग पराजित पदम बोगटी, गोपाल गुरुङ, नेता बहादुरसिंह थापा लगायतको नाम चर्चामा छ। सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा पनि जिल्ला सभापतिको रस्साकस्सी सुरु भएको छ। शेरबहादुर देउवाले परशुराम नगरपालिका मेयर भीमबहादुर साउदलाई अगाडि सारेको चर्चा छ भने नवलबहादुर मल्ल, वर्तमान उप-सभापति करुणकर भट्ट लगायतको नाम चर्चामा छ। बाजुरामा नेताहरू मनबहादुर रावल, रामसिंह रावल, प्रेमबहादुर शाही र वर्तमान सभापति कविराज पण्डित जिल्ला सभापतिमा भिड्ने तयारीमा छन्। बैतडीमा वर्तमान सभापति नरेन्द्रसिंह थापा दोहोरिने योजनामा छन् भने पूर्वसभापति शिवराज भट्ट, उपसभापति चतुरबहादुर चन्द र सचिव वीरबहादुर विष्ट पनि सभापति बन्ने लविङमा छन्।

अछाममा वर्तमान सभापति भरतकुमार स्वार, पूर्वसभापतिद्वय पुष्पबहादुर शाह, मेघराज खड्का, गत अधिवेशनमा पराजित गणेशबहादुर विष्ट, बलबहादुर कुँवर, ध्वजबहादुर कुँवर र टीकाराम खनालको नाम चर्चामा छ। डोटीमा वर्तमान सभापति प्रदीप देउवा, शिखर नगरपालिकाका मेयर सीताराम जोशी, नेताहरू रामप्रसाद उपाध्यक्ष, दीपक विष्ट र भूमिराज बडूको नाम चर्चामा छ। बझाङमा वर्तमान सभापति हर्कजंग बहादुर सिंह, पूर्वसभापति पृथ्वीबहादुर सिंह, चेतराज बजाल, पूर्व उप-सभापति देवराज शर्मा, जगत जोशी, खडगबहादुर बोहोरा र रमेश भण्डारीको नाम चर्चामा छ। पौडेल पक्षीय नेता दिलेन्द्र बडूको गृहजिल्ला दार्चुलामा वर्तमान सभापति ललितसिंह बोहोरा, १३ औं जिल्ला अधिवेशनमा पराजित विक्रम धामी, पूर्वसभापति जगदीश पाल, उपसभापति अमर धामी, सचिव हर्क विष्टलगायतका नेताहरूको नाम जिल्ला सभापतिका लागि चर्चामा छ।

Loading...