अत्तरिया- अत्तरिया उद्योग वाणिज्य संघको आयोजनामा अत्तरियास्थित लामीताल परिसरमा जारी आठौं संस्करणको सुदूरपश्चिम प्रादेशिक महोत्सव २०८० मा शुक्रबार बहुचर्चित गायीका शान्तीश्री परियार र चर्चित देउडा तथा लोक गायक सुरेश चोखाल लगायत अन्य कलाकारहरुको प्रस्तुती रहेको थियो ।


महोत्सवको दोस्रो दिन शुक्रबार उनीहरुको बेजोड प्रस्तुती सहित स्थानीय कलाकारहरुको पनि प्रस्तुती रहेको थियो । त्यस्तै महोत्सवको तेस्रो दिन अर्थात शनिबार चर्चित गायक हिमाल सागर, लोक तथा देउडा गायक चेतन बोहरा र नृत्यङ्गना रोजी कुवँर, सोनु कुश्मी तथा देउडा गायिका डिग्रा बादीको बेजोड प्रस्तुती रहने आयोजक आयोजक अत्तरिया उद्योग वाणिज्य संघका कलासँस्कृति संयोजक रमेश भट्टराईले बताएका छन ।

लामीताल परिसरमा जारी महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था, बाल उद्यान, खानाका विभिन्न परिकारहरू, थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी मुख्य आकर्षणका रुपमा रहेका छन् । महोत्सव माघ ७ गतेसम्म चल्नेछ ।
महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १०० रुपैयाँ टिकट तोकिएको छ भने अपाङ्गता भएका व्यक्तिलाई प्रवेश निःशुल्क रहेको छ ।
