अत्तरिया महोत्सवमा आज शान्तिश्री परियार लगायतका कलाकारको प्रस्तुती रहने

अत्तरिया- कैलालीको अत्तरियामा दोस्रो दिन चर्चित कलाकारहरुको प्रस्तुत रहने छ । आजको कार्यक्रमममा कलाकारहरु चर्चित गायिका शान्तिश्री परियारको प्रस्तुती रहने भएको छ ।

Bhancha ghar0

आयोजक अत्तरिया उद्योग वाणिज्य संघका कलासँस्कृति संयोजक रमेश भट्टराईका अनुसार अन्य ४ जना स्थानीय कलाकारको पनि प्रस्तुती रहनेछ । जस्मा कृष्ण विक, केशव फुलारा, डिबी निंरकारी र शुसिला कार्की रहेका छन् ।

लामीताल परिसरमा जारी महोत्सवमा लामी तालमा डुङ्गाको व्यवस्था, बाल उद्यान, खानाका विभिन्न परिकारहरू,थारु सँस्कृति तथा परिकार सहितको थारु प्रर्दशनी मुख्य आकर्षणका रुपमा रहेका छन् । महोत्सवमा विद्यार्थीलाई ५० रुपैयाँ टिकट र अन्यलाई १०० रुपैयाँ टिकट तोकिएको छ भने अपाङ्गता भएका व्यक्तिलाई प्रवेश निःशुल्क रहेको छ ।

Loading...