सुदूरपश्चिम प्रादेशिक महोत्सव अत्तरियामा चर्चित अभिनेता पल शाह आउने

अत्तरिया- कैलालीको अत्तरिया बिहीवार देखी सुरु हुने सुदूरपश्चिम प्रादेशिक महोत्सवमा चर्चित अभिनेता पल शाह (पूणर्विक्रम शाह) पनि आउने भएका छन । संघले पलको प्रस्तुती माघ २ गते रहने जनाएको छ ।

आयोजक अत्तरिया उद्योग बाणिज्य संघका महासचिब शंकर खड्काले अभिनेता पल शाहको प्रस्तुती माघ २ गते रहने पक्कापक्की भएको बताए । स्थानिय दर्शकहरुको मागलाई मध्य नजर गरेर पल शाहको प्रस्तुती राखेको बताए । महोत्सवमा पल शाहका अतिरिक्त अन्य देश कै चर्चित कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सव माघ ७ गते सम्म चल्ने आयोजकले जनाएको छ ।

Loading...