सुदूरपश्चिम प्रदेशका चार विषयगत समितिका सभापतिबाट शपथग्रहण

धनगढी- सुदूरपश्चिम प्रदेश सभाका चारवटै विषयगत समितिका सभापति बुधबार निर्विरोध निर्वाचित भएका छन् । चारै जनाको शपथ ग्रहण समेत भइसकेको छ । प्रदेश सभाका सभामुख भीम बहादुर भण्डारीले निर्विरोध निर्वाचित चारै जना सभापतिलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।

Malpot office dadeldhura

निर्विरोध निर्वाचित हुने विधायन तथा प्रदेश मामिला समितिमा दिवानसिंह विष्ट, सार्वजनिक लेखा समितिमा वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्ति पार्टीका घनश्याम चौधरी र सामाजिक विकासमा समाजवादीकी माया पन्त छन् ।

निर्वाचित सभापतिहरूमा विष्ट नेपाली कांग्रेस, थापा नेकपा (एमाले), चौधरी नागरिक उन्मुक्ति र पन्त नेकपा (एकीकृत समाजवादी ) का प्रदेश सभा सदस्य हुन् । चारै जनाले मङ्गलबार सभापति पदमा मनोनयन गरेका थिए ।

नेकपा (माओवादी केन्द्र) ले भने प्रदेश सभा बैठक सञ्चालन भएपछि बन्ने विशेषाधिकार समितिको सभापति पाउने सहमति सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबिच भएको छ ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...