धनगढीका लागि उडेका जहाज सुर्खेतमा अवतरण

धनगढी- काठमाडौंबाट धनगढीका लागि उडेका जहाज सुर्खेतमा अवतरण गरिएको छ । धनगढीका लागि उडेको बुद्ध र श्री एयरको जहाज सुर्खेतमा अवतरण गरिएको हो । खराब मौसमका कारण ती जहाजहरुको अवतरण सुर्खेतमा गरिएको हो ।

Bhancha ghar0

१० बजेतिर धनगढीमा अवतरण गर्ने समय भए पनि खराब मौसमका कारण अवतरण गर्न नसकेपछि सुर्खेतमा आकस्मिक अवतरण भएको धनगढी विमानस्थल कार्यालयले जनाएको छ ।

मौसमी खराबीका कारण ती जहाजहरु धनगढीमा अवतरण हुन नसकेर उतै सुर्खेतमा आकस्मिक अवतरण गरिएको धनगढी विमानस्थल कार्यालयका प्रमुख गणेश बहादुर सिंहले बताए ।

Loading...