अत्तरियाका ब्यबसायी खड्का मनाए आफ्नो जन्म दिन सेभ हाउसमा

अत्तरिया- कैलालीको अत्तरियाका ब्यबसायी ज्ञानेन्द्र खड्काले आफ्नो जन्म दिन महिला बालबालिका सेभ हाउस अत्तरियामा मनाएका छन ।

बडिमालिका रिकन्डिसनका संचालक खड्काले आफ्नो परिवार सहित सेभ हाउस पुगेर त्यँहा रहेका बालबालिका संग मनाएका हुन । सो अबसरमा उनले झण्डै १ लाख बराबरको खाधान्न लुगा कपडा समेत दिएका छन ।

Navadurga sun

खड्काले चामल, न्यानो लुगा, स्कुल ब्याग, जुत्ता लगायतका सामाग्रीहरु सेभ हाउसकी सन्चालिका जानकी मलासीलाई हस्तान्तरण गरेका हुन ।

जन्म दिनमा फजुल खर्च गर्नु भन्दा अनाथ बालबालिकालाई सानो सहयोग गरेको खड्काले बताए । खड्काले गरेको सहयोग सेभ हाउसको लागी निकै सहयोगी बन्ने मलासीले बताइन् ।

उनले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरिन् । यस्तै खड्काले अनाथ बालबालिकाहरुलाई मासु चिउरा को समेत ब्यबस्था गरेका थिए ।

अत्तरिया उद्योग बाणिज्य संघका कार्य समिती सदस्य समेत रहेका खड्काको जन्म दिन मनाउन अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष कल्याण सिं बोहरा, बरिष्ट उपाध्यक्ष दल बहादुर खड्का, उपाध्यक्षद्वय चेतराज पन्त, फागुरामा चौधरी, महासचिब शंकर खड्का, सचिब दिपन साउँद, कोषाध्यक्ष हेम भण्डारी लगायत संस्थाका कार्यसमितीका सदस्यहरुको सहभागीता रहेको छ ।

यस्तै जन्मोत्सव समारोहमा अत्तरिया खानेपानीका अध्यक्ष टिकादत्त जोशी, नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका कोषाध्यक्ष उत्तम कडायत, पद्मा अस्पतालका प्रबन्ध निर्देशक डाक्टर नर बहादुर मौनी, होटेल ब्यबसायी संघका केन्द्रिय उपाध्यक्ष धना चोखाला लगायत पत्रकारहरुको उपस्थिती रहेको थियो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...