


धनगढी- धनगढीमा लागूऔषध सहित दुई युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-१३ कैलाली गाँउ स्थित बिष्णु टोलबाट १६० मिलीग्राम लागूऔषध (खैरो हेरोईन) सहित सोही ठाउँका २५ वर्षीय कमलेस राना र २१ वर्षीय राकेश राना सोमवार राति पक्राउ परेका हुन् ।


प्रहरी चौकी कैलाली गाँउबाट खटिएको प्रहरी टोलीले दुबै जनालाई लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

