कञ्चनपुरमा चोरी गरेको मोटरसाइकल सहित एक युवक पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा मोटरसाइकलसहित एक युवक पक्राउ परेका छन् । बेल्डाँडी गाउँपालिका-१ सिद्धचोकका २१ वर्षीय प्रशान्त सिंह धामी पक्राउ परेका हुन् । उनलाई से ५ प ६३९७ नम्बरको मोटरसाइकल सहित आइतवार पक्राउ गरेको हो । धामीलाई पक्राउ गरी थप अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय बेल्डाँडीले जनाएको छ ।

प्रहरीका अनुसार यही पुष १९ गते बेलडाँडी-२ स्थित साना किसान कृषि सहकारी संस्था अगाडि पार्किङ गरी राखेको बेलडाँडी-३ सिमलडाँडीका खुसीराम चौधरीको मोटरसाइकल चोरीको आरोपमा उनलाई पक्राउ गरेको हो । उक्त मोटरसाइकल पुस १९ गते चोरी भएको थियो ।

ADD Khali jpg
Loading...