अछामबाट लागुऔषध सहित युवती र युवक पक्राउ

अछाम- अछामबाट एक युवती र एक युवक लागुऔषध सहित पक्राउ परेका छन् । साँफेबगर नगरपालिका-३ टोटासालबाट लागूऔषध सहित युवतीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

Malpot office dadeldhura

इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरीले बाजुरा बुढीनन्दा नगरपालिका-५ पाण्डुसैनकी ३३ वर्षीया पशुपती थापालाई टहरामा राखेको २० ग्राम ३३० मिलिग्राम सहित पक्राउ गरेको हो ।

त्यस्तै बुढीनन्दा नगरपालिका-४ मष्टामाडौंका २४ वर्षीय छितिज बुढालाई पनि ८ ग्राम ५ सय ९० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Dadura khop_Chure
Dadura khop_parshuram nagarpalika
Loading...