कैलालीमा मोटरसाइकल दुर्घटना: एक जनाको मृत्यु, चालक घाइते

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिका–८ स्थित सेतो पुल नजिक गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

गएराति करिब ११ बजे से ६ प ९७६८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा पछाडि सवार धनगढी–६ की २८ वर्षीया सम्झना चौधरी गम्भीर घाइते भएकी थिइन्। उनको सेती प्रादेशिक अस्पताल, धनगढीमा उपचारका क्रममा गएराति नै मृत्यु भएको प्रहरीले जनाएको छ।

Navadurga sun

दुर्घटनामा मोटरसाइकल चालक गोदावरी नगरपालिका–८, कैलालीका ३६ वर्षीय विनोद चौधरी घाइते भएका छन्। उनको कैलालीमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ADD Khali jpg
ADD Khali jpg
Loading...