झण्डै डेढ लाख नगद सहित ६ जुवाडे पक्राउ

कञ्चनपुर- झण्डै डेढ लाख नगद सहित कञ्चनपुरबाट ६ जना जुवाडे पक्राउ परेका छन् । भीमदत्त नगरपालिका-३ जामिरगडाबाट ६ जना जुवाडे नगदसहित पक्राउ परेका हुन् ।

Bhancha ghar0

शनिबार साँझ ३३ वर्षीय भवानी सिंह बुढा सहितका ६ जनालाई वडा प्रहरी कार्यालय, महेन्द्रनगरले पक्राउ गरेको हो । उनीहरूको साथ बाट एक लाख ४२ हजार ६ सय ४५ रुपैयाँ र ६ गड्डी ताससमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

जुवाखालबाट पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-९ का भवानी सिंह बुढा, भीमदत्त नगरपालिका-६ का खेमराज लेखक, भीमदत्त नगरपालिका-२ का लाल बहादुर चौधरी, भीमदत्त नगरपालिका-४ का दामोदर भट्ट, भीमदत्त नगरपालिका-१० का सुरज भट्ट र दोधारा-चाँदनी नगरपालिका-४ का सुनिल विक रहेको प्रहरीले जनाएको छ ।

Loading...