कैलालीमा पाँच किलो लागुऔषध सहित तीन जना पक्राउ

धनगढी– कैलालीबाट पाँच किलो लागु औषधसहित तीन जना पक्राउ परेका छन् । जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाँडास्थित झालपोखरीमा रहेको एक होटलबाट पाँच किलो लागु औषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो ।

Bhancha ghar0

शनिवार बिहान ५० वर्षीय होटल सञ्चालक गोरे जागरी, बझाङको बुङगल नगरपालिका वडा नम्बर १ का ३८ वर्षीय कर्ण बहादुर धामी र वडा नम्बर २ का ३३ वर्षीय अमर धामी लागु औषध सहित पक्राउ परेका छन् । प्रहरीले गोप्य सूचनाको आधारमा होटल सञ्चालक सहित तीन जनालाई पक्राउ गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, इलाका प्रहरी कार्यालय मालाखेती, लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट खानीडाडाबाट खटिएको संयुक्त प्रहरी टोलीले होटेलमा खानतलासी गर्दा लुकाएर राखेको अवस्थामा लागु औषध फेला परेको हो ।

प्रहरीले एक थान तराजु, एक किलोको ढक एक थान र आधा किलोको ढक एक थान समेत बरामद गरिएको छ । यस विषयमा अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Loading...